देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गर्ने सहमति

देशान्तर

काठमाडौं । नेपाल र चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । नेपाल – चीनबीच उद्योगको दर्ता, स्थापना, संचालन र त्यसका वैदेशिक लगानी भित्र्याउन उचित वातावरण बनाउने उद्देश्यका साथ औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

शुक्रबार काठमाडौंमा उद्योग मन्त्रालयका निमित्त सचिव गोपीकृष्ण खनाल र चीनका उद्योग तथा वाणिज्य राज्य प्रशासनका उपमन्त्री मा झेन्ग्क्वीले हस्ताक्षर गरेको समझदारी पत्रमा दुवै देशबीच उद्योग दर्ता, स्थापना, संचालन र लगानीका लागि आवश्यक वातावरण बनाउने उल्लेख गरिएको छ ।
दुई देशमा उद्योग दर्ता, स्थापना, संचालन र त्यसका लागि आवश्यक वैदेशिक लगानी भित्रयाउने गरी ‘नेपाल(चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।

चीनले – नेपालमा उद्योग संचालन गर्ने र त्यसका लागि वैदेशिक लगानी भित्रयाउने वातावरणको आवश्यक्तामा जोड दिँदै आएको थियो । ‘नेपाल – चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी भएसँगै दुवै मुलुकमा निर्वाधरुपमा उद्योग दर्ता, स्थापना र संचालन गर्ने वातावरण बनेको छ ।

लगानीका लागि पनि आवश्यक वातावरण बनाउन समझदारीले थप सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘नेपाल – चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी उद्योग मन्त्रालयका सचिवलाई दिएको थियो ।