काठमाडौँ । बुटवलकी गायिका मीना केसीको नयाँ मौलिक तिज गीत ‘नाच्ने हो बाटुली’ सार्वजनिक भएको छ । आइतबार सार्वजनिक उक्त गीतले तिजको मौलिकता बोकेको सङ्गीतकार तथा एरेन्जर गोविन्द मधुर आचार्यले बताएका छन् । गीतका शब्दहरू प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गायिका केसीले यस अघि पनि गीतकार अधिकारी र सङ्गीतकार अर्जुन पोख्रेल सँगको सहकार्यमा मौलिक तिज गीत गाई सकेकी छन् । कृष्ण पुनले मिक्सिङ गरेको गीतको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।
युकेमा छायाङ्कन गरिएको भिडियोमा उतै बस्ने चेलीबेटीहरू अन्जु बस्नेत, सृजना थापा ,करिश्मा गोतामे ,लक्ष्मी बस्नेत ,रश्मी भण्डारी ,संगीता गहतराज ,सीमा घतान ,शिखा खड़का ,शोभा घतान गौतम ,श्रेष्ठ बाली ,सृजा खतीवड़ा,सुमी भगत ,सुष्मा बस्याल बस्ताकोटी ,सुस्मिता थापा र विशु ओझाको अभिनय रहेको छ । भिडियोको छायाङ्कन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । आर्क ब्यूटिको प्रस्तुति रहेको गीतको भिडियो संयोजन अञ्जली केसीले गरेकी हुन् ।
प्रतिक्रिया