देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपामा विधान विवादः अढाई महिनामै विभाजनको संभावना बढ्यो

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा( नेपालमा गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरुबीच तीव्र मतभेद देखिएको छ ।

राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान प्रक्रिया नै अवरुद्ध भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५–७ दिनपछि पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचारछ ।