कम्पाला । युगान्डाको राजधानी कम्पालामा आइतबार सम्पन्न गैरआवासीय नेपाली संघ युगान्डाको वार्षिक साधारणसभाले रमा अर्याललाई अध्यक्षमा निर्वाचित गरेको छ । २९ वर्षीय अर्याल यस अघि संघको उपाध्यक्ष थिइन । उनले प्रतिस्पर्धी संजिव श्रेष्ठलाई पछि पार्दै निर्वाचनमा जित हासिल गरेकी हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, महासचिवमा राजु थापा तथा सदस्यहरुमा रमेश बुढा, बिनोद साउद , मुकेश मेहता र रंजित गौतम निर्वाचित भएका छन । रिक्त पदाधिकारी तथा सदस्यहरुको सर्वसम्मत चयन गर्न साधारणसभाले निर्वाचन समितिलाई अधिकार दिएको छ।
जीवनाथ पंगेनी प्रमुख रहेको निर्वाचन समितिमा रमेश कंडेल र नरेन्द्र शर्मा सदस्य रहेका छन्।
प्रतिक्रिया