काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएको हो ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकबाट सो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गभएको छ । बैठकमा बोल्ने क्रममा समिति सदस्यहरूले सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया