काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि राजस्व अनुसन्धान विभागले ठमेलमा रहेको भियाना होटलमा छापा मारेको छ ।
होटेलमा छापा मारेर विभागले तिब्बती मूलका तर बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । विभागको टोलीले रातभर छापा मारेको थियो । यसअघि सुन प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको छ ।
प्रतिक्रिया