देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झडपका कारण स्थगित बझाङको मतदान भोलि

देशान्तर

काठमाण्डौ । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण स्थगित बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा भोलि मतदान हुने भएको छ ।

 

वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदान तोकेको हो ।

 

जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएपछि मतदान कार्य रोकिएको थियो । झडपमा कांग्रेसका उम्मेदवार प्रेम खड्का घाइते भएका थिए ।