काठमाडौं । प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको समय सारिएको छ । बैठकको समय दुई घण्टाका लागि सारिएको सभामुख देवराज घिमिरेकको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा बैठकको समय सारिएको हो । प्रधानमन्त्रीले सभामुख घिमिरेलाई टेलिफोन गरेर सार्न अनुरोध गरेका हुन्।
सदनको जारी अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
प्रतिक्रिया