देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफैले बोकेको बम पड्किदा धनगढीमा विप्लव माओवादीका जिल्ला सदस्यको मृत्यु

देशान्तर

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लव माओवादीका जिल्ला सदस्यको ज्यान गएको छ ।

 

विप्लव माओवादीका जिल्ला सदस्य चन्द्र वहादुर सिह सनरार्यजको आफैले बोकेको बम पड्कीएर ज्यान गएको हो ।
गयराती ९ बजेर ५५ मिनेटमा खानेपानी रोडमा रहेको जिएस एण्ड सन्स रेष्टुरेन्टको पछाडीपट्टी सिहले नै बोकेको बम पड्कीएको थियो ।

 

बम पड्कीएर गम्भीर घाईते भएका सिहलाई उपचारका लागी सेती अञ्चल अस्पताल लगीएको थियो । उपचारका क्रममा ११ बजेर ४० मिनेटमा सिहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले बताए ।
प्रहरीले घट्नास्थलबाट सिंहको परिचय खुल्ने कागजपत्र फेला पारेको छ । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । घाईते सिंहको शरीर क्षतबिक्षत थियो । घाईते सिंहलाई घट्नास्थलबाट रक्ताम्य र क्षतविक्षप्त अवस्थामा प्रहरीले अस्पताल पु¥याएको थियो ।

 

अस्पताल पु¥याउदासम्म सिंह बोलिरहेका अस्पताल पु¥याएपछि बेहोस भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको हो । घट्नास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करीव तीन सय मिटरको दूरीमा रहेको छ । प्रहरीलाई चुनौती दिने तथा उम्मेदवारलाई आतंकित गर्ने मनशायले बिप्लव समूहले बम बिष्फोटन गराएको हुन सक्ने अनुमान गरीएको छ । होटलसंगै नेकपा एमालेकी वडा नम्बर ४ की सदस्यकी उम्मेदवार सरिता सोवको घर जोडिएको छ ।
बन्द रहेको होटलमा बिप्लव समूहका सिंह होटल छेउमा रहेको सानो गल्लीबाट पछाडि गएको हुन सक्ने जिएस एण्ड सन्स रेष्टुरेन्टका सञ्चालक राज कुमार खड्काले बताउनुभयो । बम बिष्फोटन गर्नुअघि नै पड्किएपछि उनी घाईते भएको प्रहरीको अनुमान छ ।

 

बम बिष्फोटन हुदा वेल्डिङको काम गर्दै आएका एकवाल अहमद होटलको सबैभन्दा पछाडिको कोठमा सुतिरहेका थिए ।
अचानक ठूलो आवाज आएपछि व्युझिएक अहमदले आफू मुस्किलले बाँचको बताए । हमद ६ महिनादेखि होटलको त्यही कोठमा भाडामा बस्दै आएका छन् ।

 

बम बिष्फोटनपछि घरभित्रै लुकेका स्थानीय बासिन्दाहरु प्रहरी आएपछि मात्र बाहिर निस्किएका थिए ।