काठमण्डौँ । असार १४ मा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली सेनालाई परिचालनगरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा आज निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएपछि सरकारलाई सेना परिचालन गर्ने बाटो खुल्ला भएको हो । ।
स्थानीय तहको निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ अनुसार सुरक्षा निकायहरुलाई एकीकृत रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपतिले राष्ट्रिय सुरक्षा परिषद्को असार ७ को सिफारिस र मन्त्रिपरिषद्को असार ८ को निर्णय अनुसार सेना परिचालन गर्न संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यलयका प्रवक्ता मोहनप्रसाद वाग्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया