नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा रहेको एक पुलमा बम विस्फोट भएको छ । बम विस्फोटमा परि माओवादी केन्द्रका ६ जना कार्यकर्ता घाइते भएका छन् । जसमध्ये तीन जनको अवस्था गम्भीर हरेको बताइएको छ ।
सुनवल नगरपालिकाको वडा नंं ३ स्थित किर्तिपुर हाईवको सोमनाथ खोलाको पुलमा आइपुगेका माओवादी केन्द्रका कार्यकर्ता घाइते भएका हुन् । उनीहरु भूमहीबाट निस्किएको चुनावी र्यालीका क्रममा सोमनाथ पुलमा पुगेसँगै बम विस्फोट भएको थियो ।
बम विस्फोटमा घाइते भएका मध्ये ती जना गम्भीर छन् । जसलाई बुटवल स्थित लुम्बिनी अन्चल अस्पतालमा उपचारको लागि लगिएको छ भने अरु ३ जना घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सुनवलको मुख्य बजारदेखि एक किलोमिटर पुर्व सोमनाथ खोलाको पुलमा बम राखिएको थियो । बम राखिएको स्थल सुनवल प्रहरी चौकीबाट २ सय मिटर पुर्व पर्दछ ।
पुलको ५० मिटर नजिकै पिके आयल सप्लायर्स पनि छ । बम कसले राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच आजै बर्दघाट नगरपालिकामा पनि सुतली बम फेला परेको थियो ।
प्रतिक्रिया