देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फरार थापालाई निर्मला काण्डमा पनि पुर्जी

देशान्तर

काठमाण्डौ । चर्चित भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त करारभई फरार रहेका पुर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई निर्मला पन्त बलात्कार पछिको हत्याकाण्डमा अनुसन्धान गरिरहेको प्रहरी टोलीले उक्त हत्याकाण्डमा थापाको संलग्नतादेखि पून पक्राउपुर्जी जारी गरेको देशान्तरलाई उच्च श्रोतले बताएको छ ।


फरार अभियुक्त थापा सचेत होलान भन्ने कारणले प्रहरीले यो कुरा सार्वजनिक गर्न नचाहेको बुझिएको छ । त्यतिमात्र नभई थापाको पक्राउले उनका बावु राम बहादुर थापादेखि पूर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओली समेत तानिने हुनाले पक्राउ पुर्जी प्रकरण गुपचुप राखिएको प्रहरी उच्च श्रोतले बताएको छ । सिक्किममा लुकेर बसेको आंशका गरिएका थापा बिरुद्धको पुरानो घटनाको पक्राउपूर्जी सार्बजनिक गरिए अनुसन्धानमा राजनीतिक दवाव पर्न सक्ने संभावनालाई मध्यनजर गरेर यस बारे गोप्य ढंगले र सावधानी पुर्वक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी श्रोतले भनाई छ ।
अनुसन्धानमा राजनीतिक हस्तक्षेप वा दवाव नपरोस भनेर प्रहरीले गोप्य र शुक्ष्म अध्ययन अघि बढाएको देशान्तरलाई जानकारी प्राप्त भएको छ । प्रतिक थापा निर्मला हत्याकाण्डमा संलग्न भएको आधार यस अघिका केहि अनुसन्धानले देखाएको प्रहरीको नोटिसमा रहेको बुझिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा झण्डै ५ वर्षदेखि प्रहरी अनवरत रुपमा अनुसन्धानमा लागिरहेको छ । अनुसन्धानमा खटिए पनि प्रहरीले अहिलेसम्म कुनै उपलब्धि हाँसिल गर्न सकेको छैन । तर पछिल्लो अनुसन्धान र सुराकले यो नसुल्झिएको केस छिटटै टुंगोमा पुग्ने अनुसन्धान अधिकृतहरुको आशा छ ।
निर्मला पन्त प्रकरणमा प्रहरीले अहिलेसम्म ११८ जनाको डीएनए जाँच गरेको छ । जाँच गरिएकामध्ये ११८ जनाको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच नखाएपछि छाडिएको थियो ।

निर्मलाको बलात्कार र हत्या भएदेखि अहिलेसम्म नेपाल प्रहरीका ७६ जना अनुसन्धान अधिकृतले अनुसन्धान गरिसकेका छन् । हत्यापश्चात अनुसन्धानमा खटिएका प्रहरी टोलीले अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिसकेका छन्। तर अहिलेसम्म हत्याराको नकिज प्रहरी पुग्न सकेको छैन। निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भदौ ४ गते भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्ट पक्राउ परेका थिए। पछि डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले विष्टलाई छाड्न निर्देशन दिएपछि उनी छुटेका थिए।