देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सनराईज बैंकद्वारा विभिन्न विद्यालयहरुमा Pad ATM हस्तान्तरण

देशान्तर

काठमाडौं । देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको सनराईज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी Pad ATM प्रदान गरेको छ । हाल विद्यालयमा व्यवस्थित शौचालय र SanitaryPad को व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा Automated Pad Vending Machine प्रदान गरेको हो ।
एउटा सिक्का हाल्दा एउटा Pad  आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै Pad लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।
बैंकले आज एक कार्यक्रमका बिच काठमाडौँको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान Pad ATM र एक थान Pad Disposal मेसिन हस्तान्तरण गरेको छ । बैंकका सहायक महाप्रबन्धक  हरि प्रसाद आचार्यले,CSR प्रमुख  सुमन थापा र कान्तिपथ शाखा प्रमुख  अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक  शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका थिए ।  । साथै बैंकद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसैगरी देशका विभिन्न ठाउँमा एबम ब्त्ः प्रदान गर्ने क्रममा बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको छ ।