देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्पनीले प्रदर्शन रोकेको हैन हलवालाले रोके :राठी

देशान्तर

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आफूले देशव्यापी प्रदर्शन रोक्ने निर्णय नगरेको बताएको छ । कम्पनीका निर्देशक मनोज राठीले कम्पनिले प्रदर्शन रोक्ने निर्णय गरेको नभै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशन र उपत्यकाका हल संचालकले शान्ती सुरक्षाको कारण देखाई काठमाण्डौमा प्रदर्शन रोकिएको स्पष्ट पारेका छन् । हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हलमा प्रदर्शन बन्द गराएका छन् । त्यसैगरी राठीले देशका अन्य नगरपालिकाका मेयरले पनि प्रदर्शन बन्द गर्न आदेश दिएकाले ‘आदिपुरुष’को प्रदर्शन रोकिएको बताएका छन् ।

कुराकानीका क्रममा प्रदर्शनमा लागाइएको रोक बाट बितरकलाई ‘विग मनि’ घाटा भएको बताएका राठीले अंक भने खुलाएनन् । मुददा मामिला गर्ने सोंच या तयारी के छ ? भनेर सोधिएको प्रश्नमा राठी मौन रहे । मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए । शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा अनुरुप आज महानगर भित्रका १७ हलमा फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले हिजोर बेलुकानै सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको थियो । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् । ती सबै हलमा अहिले आदिपुरुष रोकिएको छ । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्न निर्देशन दिएका छन् । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको प्रतिकृया दिएका छन् ।