प्रधानन्यायाधीश कार्कीले लिए सपथ
सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहका बीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरुको उपस्थिति थियो ।
संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि कार्कीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।
यससँगै न्यायालयले डेढ वर्ष पछि नेतृत्व पाएको छ ।
कार्की यसअघि कायम मुकायम प्रधानन्यायाधीश भएर काम गरिरहेका थिए ।
प्रतिक्रिया