देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुटानी शरर्णाथी प्रकरणस् आज सरकारी वकिलले जवाफी बहस गर्ने

देशान्तर

शरणार्थी प्रकरणमा आजवाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन ।जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

आजवाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिईसकेका छन् ।