सत्तारुढ कम्युनिष्ट दलहरुले भोलि समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।
भोलि काठमाडौंमा एक कार्यक्रमकाबीच समाजवादी मोर्चा घोषणा गर्ने गरी तयारी भइरहेको एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले जानकारी दिए ।
अहिलेको अवस्थमा कम्युनिष्ट आन्दोलनको रक्षा र जनजीविकाका सवालहरुलाई सशक्तरुपमा अघि बढाउनका लागि समाजवादी मोर्चा आवश्यक रहेको निष्कर्षसहित गठन हुन लागेको चौधरीले बताए ।
मोर्चामा पहिलो चरणमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको माओवादी रहने छन् ।
समाजवादी मोर्चामा यसअघि डा. बाबुराम भट्टराईको पार्टी पनि सहभागी हुने बताइए पनि अहिले उनलाई समावेश नगरिने जनाइएको छ ।
प्रतिक्रिया