काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिको बैठकमा भोलि बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाइने भएको छ । आज उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले बताए ।
कार्कीको कार्ययोजना प्रस्तुत गर्नका लागि आमन्त्रण गरिएको बताए ।
आज २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरेको उनको भनाइ छ । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्कीको भोलि बिहान ८ बजेबाट सुनुवाइ सुरु गरी १० बजेसम्म सकाउने तयारी गरिएको छ । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ यसैबीच प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरूले संसदीय समितिको बैठकमा हुलहुज्जत गर्न थालेपछि उनीहरूलाई बाहिर निकालिएको थियो ।
उजुरीमा केन्द्रित रहेर छलफल गर्न गरिएको अनुरोधलाई अटेर गर्दै समितिको वैधानिकतामा प्रश्न उठाएपछि सदस्य र उजुरीकर्ताबीच चर्चाचर्की परेको थियो । अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई मर्यादापालक लगाएर बैठकस्थलबाट बाहिर निकालिएको हो ।
।
प्रतिक्रिया