काठमाडौं । काठमाडौं कोलम्वस स्कुल बुद्धनगरले बालमैत्री वातावरणका लागि दण्डरहित शिक्षामा शून्य सहनसिलता कार्यक्रम सञ्चालन गरेका छन् । काठमाडौं उपत्यकामै कतिपय विद्यालयहरूमा विद्यार्थीले पाएका यातनाहरू एक पछि अर्को गर्दै सञ्चार माध्ययमा आइरहेकाले काठमाडौं कोलम्वस स्कुल बुद्धनगरले दण्डरहित शिक्षामा शून्य सहनसिलता कार्यक्रमबाट शिक्षकहरूलाई उत्प्रेरित गर्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
कन्सोर्टियम नेपालको प्राविधिक सहयोग र सहकार्यमा काठमाडौं कोलम्वस स्कुल बुद्धनगरले आयोजना गरेको दण्डरहित शिक्षामा शून्य सहनसिलता कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगालले बालमैत्री वातावरण, शारीरिक दण्डका विकल्पहरूबारे छलफल गर्नुभयो । अध्यक्ष दंगालले काठमाडौं कोलम्वस स्कुलका शिक्षकहरूलाई उत्प्रेरित गर्दै प्रत्येक बालबालिकाले फस्टाउन सक्ने सहयोगी वातावरण प्रदान गर्न सशक्तिकरण गर्नुभयो ।
प्रतिक्रिया