काठमाडौं । नेपाल राष्ट्र बैंकले आज -बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७२ पैसा र बिक्री दर १६४ रुपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ११ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ,३१ पौसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया