देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा नेपालको केन्द्रिय समिती र जिल्ला अध्यक्षको संयुक्त बैठक आज

देशान्तर

राप्रपा नेपाल केन्द्रिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तातित बैठक आज बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा ’बर्तमान परिस्थिति एबं राप्रपा नेपालको बैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ बिषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ ।

महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,संगठन र युबा स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानिय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।