काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट, चितवनसँगको सम्झौतामा ‘ह्यप्पी सपिङ याट् बिगमार्ट’ अफर सार्वजनिक गरेको छ ।
उक्त अफरको पहिलो चरणमा ग्राहकवर्गलाई जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न कम्पनीले जनाएको छ ।
उक्त छुटमा ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म छुट पाउन सक्ने पाउनेछन् । साथै उक्त अफर प्रत्येक ग्राहकले अफर अवधी भरी पाँच पटकसम्म पाउने कम्पनीले उल्लेख गरेको छ । अफरको दोश्रो चरण असार १ देखि साउन ३२ सम्म रहने छ ।
प्रतिक्रिया