देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप लामिछानेको मुद्दामा उमेरमा अडकियो इजलास

देशान्तर

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो ।

न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले जाहेरीकर्ताको जन्मदर्ता रहेको तादी गाउँपालिकाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ । सो गाउँपालिकाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ ।

यसैगरि,जाहेरीकर्ताको जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ । इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ ।