आज संघीय संसद अन्तर्गत रहेका दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ । गत शुक्रवार पुष्पकमल दाहाल प्रचण्ड सरकारले पेश गरेको सरकारका नीति तथा कार्यक्रम माथी सांसदहरुले धारणा राख्न सुरु गर्नेछन् । जसअनुसार सरकारको नीति तथा कार्यक्रम माथी १० गतेसम्म सांसदहरुले धारणा राख्ने छन् ।
यसैगरी, राष्ट्रियसकाका सांसदहरुले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथी धारणा राख्ने ब्यवस्था गरिएको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभाका सासदहरुले धारणा राखिसके पछि अन्तिममा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।
प्रतिक्रिया