आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा आज बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा
उल्लेखित आ।ब। २०८०÷८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन । साथै, बार्षिक नीति तथा कार्यक्रम माथी माननीय सदस्यहरुबाट प्राप्त संसोन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ ।
प्रतिक्रिया