देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम आज आउने

देशान्तर

सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । आर्थिक बर्ष २०८०र८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ।

पुष्पकमल दाहाल प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएकाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरेका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने स‌सद सचिवालयले जनाएको छ ।

भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डा समावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।