देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटार बैठकः संसदीय समितिको नेतृत्वमा मिल्यो तीन दलबीच भागबन्डा

देशान्तर

काठमाडौं । आज बालुवाटारमा बसेको प्रमुख तीन दलको शीर्ष नेता र सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको छ ।

बैठकले संसदीय समितिको टुंगो लगाएको एमाले नेता सुवास चन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले एमालेले पाउने समिति टुंगो लागेको बताउनुभयो ।

संसद् सञ्चालनमा सत्ता पक्ष र प्रतिपक्ष आधारभूतरूपमा एक भएर जान सहमत भएको पनि जानकारी दिनुभयो ।

बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने बताइएको छ । त्यसका लागि सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलको नेता केपी शर्मा ओली सहभागी हुनुभएको थियो । शीर्ष नेताको छलफलपछि संसदीय दलका उपनेता र सचेतक पनि बोलाइएको थियो ।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माअ‍ोवादीका सचेतक हितराज पाण्डे सहभागी हुनुभएको थियो ।