देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शरणार्थी प्रकरणः पूर्वसांसद शेर्पा विरूद्ध पक्राउ पुर्जी जारी

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरी स्रोतका अनुसार शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेल गायतका व्यक्ति पक्राउ परिसकेका छन् । नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी गरेपछि बेपत्ता हुनुभएको छ ।