देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाणलाई निलम्बन गर्न माग गर्दै नेपाल विद्यार्थी संघको प्रदर्शन

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए । ​

यस्तै उनीहरुले भ्रष्टाचार मा मुछिएका हाई प्रोफाईल व्यत्तिहरुको छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग राखेका छन् ।