देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्घटनाबाट जोगिए श्री एयरलाइन्सको जहाज उडानमा रोक

देशान्तर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ ।

आज बिहान भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगिएको दर्ता नम्बर ं९एन–एएनईं रहेको श्री एयरलाइन्सको जहाजलाई प्राधिकरणले उडानमा रोक लगाएको हो ।

जहाज आज बिहान ९ बजेर ४० मा भैरहवा विमानस्थलबाट उडेको २० मिनेटमै अगाडिको पांग्रा ९ल्यान्डिङ गियर० मा समस्या उत्पन्न भएपछि पुनः भैरहवा विमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो ।

प्राधिकरणले सूचना जारी गर्दै श्रीको उक्त जहाज तत्कालका लागि सञ्चालनमा रोक लगाएको जनाएको छ ।

प्राधिकरणकाअनुसार श्रीको यही जहाजमा वैशाख २३ गते शनिबार पनि धनगढी विमानस्थलमा अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो ।

यो जहाज उडानमा संलग्न इन्जिनियरहरूलाई पनि अर्को सूचना नआउन्जेल निलम्बन गरिएको छ ।