काठमाडौं । जुन २१ तारिख अर्थात् विश्व योग दिवस । योगको महत्वको चर्चा गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको हो । नेपालमा पनि दोस्रो विश्व योग दिवस मनाइदै छ ।
नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बिहान काठमाडौंको भृकुटीमण्डपमा योगाभ्यास गरेर यो दिवस मनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले योग दिवसको शुभारम्भ गरेका थिए ।
मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । शरीर र प्रकृतिलाई जोड्ने काम योगले गर्छ । योग दिवस भारत, चीन लगायतका विश्वका अधिकांश देशमा पनि मनाइएको छ । पश्चिमा राष्ट्रहरु पनि योगप्रति आकर्षित भएका छन् ।
प्रतिक्रिया