काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजे बैठक बस्ने लागेको हो ।
शुक्रबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति–कार्यक्रम र बजेटको विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
बुधबार बसेको गठबन्धनको बैठकले सरकारको नीति–कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।
प्रतिक्रिया