देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाए

देशान्तर

एजेन्सी । अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्र सङ्घको बालबालिका हेर्ने निकाय युनिसेफको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था नहुँदा निको हुने रोग निमोनिया, मेनिन्जाइटिस, मुटुरोगलगायतबाट बालबालिका ज्यान गुमाउन बाध्य छन् ।

उचित उपचार सेवाबाट ती बिरामी बालबालिका निको हुनसक्ने र हुनुपर्ने पनि युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य सेवा अन्तर्रा‍ष्ट्रिय सहयोगमा निर्भर रहेको र सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि सहयोग रकम कटौती भएको छ ।

तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएपछि मानवीय सहायताका लागि काम गर्ने संस्थाहरू सञ्चालनका लागि कठिन भएको छ ।

त्यसबाट बालबालिका र शिशुहरू थप जोखिममा परेका बीबीसीले उल्लोख गरेको छ ।