काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन खोजेका कुरा सुनेको र तत्कालीन गृहमन्त्री र राष्ट्रिय अनुसन्धान विभागलाई यसबारे बुझ्न भनेको बताउनुभएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदबारमा भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो बताउनुभएको हो । उहाँले यो विषयमा आफूलाई पहिला नै जानकारी भएको बताउनुभएको छ ।
त्यतिबेला आफूले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर यसबारे बुझ्ने र त्यस्तो भइरहेको भए रोक्न निर्देशनसमेत दिएको ओलीको भनाइ छ।
अहिले एकाएक यो विषय उठेको र आफ्ना पार्टीका सचिव नै मुछिएको विषयमा भने ओलीले केही षडयन्त्र रहेको संकेत गर्नुभ्एको छ ।
पटक–पटक मन्त्री भइसकेको पार्टीका नेता रायमाझीलाई षड्यन्त्रपूर्वक ढंगले बाटामा हिन्दाहिन्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्रीसमेत भइसकेको र सांसदसमेत रहेका टोपबहादुर रायमाझी भागेर कहीँ नजाने ओलीको भनाइ छ।
फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा आफूले यसबारे ध्यानाकर्षण गराएको ओलीले बताउनुभयो ।
प्रतिक्रिया