देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बादलका छोरा प्रतिक भन्छन्– ठगी प्रकरणमा मेरो संलग्नता छैन, छानबिन प्रक्रियामा सहयोग गर्छु

देशान्तर

काठमाडौं । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गदै ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुने ।

सोही विज्ञप्तिमार्फत् उनले छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

ुउनले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गरेका छन् ।

उनले आफ्नाविरूद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी रहेको भन्दै आपत्ति जनाएका छन् ।