काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता भएको छ ।
सम्झौतापत्रमा आज सहमति भएसँगै सबै आन्दोलन अन्त्य गर्ने भएको छ ।
सम्झौतापत्रमा सोमबार सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र माइतीघरमा धर्नामा बसेका पुनले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति भएको छ ।
प्रतिक्रिया