काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले सरकारहरुले गरेको निर्णय भएको भन्दै अयोग्य लडाकुहरुलाई छिट्टो भन्दा छिट्टो २ लाख रुपैयाँ दिनुपर्ने बताउनुभएको छ ।
आज संचारकर्मीसँग कुरा गर्दै सचिव पौडेलले सोही निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताउनुभएको हो ।
आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिदा करिब १ अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताउनुभयो ।
उहाँले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको उल्लेख गर्दै उनीहरुको योगदानको सम्मान हुनुपर्ने बताउनुभयो ।
सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान हुने बताउनुभयो ।
उहाँले लडाकुहरुलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताउनुभयो ।
उहाँले लडाकुको योगदानलाई पैसासँग तुलना गरिनुपनि उनीहरु प्रतिको अपमान भएको बताउनुभयो ।
अनावश्यक कुराहरु गरेर लडाकुलाई पैसा दिनेकुरा कसैले पनि अल्झाउनु नहुने सचिव पौडेलले बताउनुभयो।
प्रतिक्रिया