देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको एक पसलमा ग्याँस लिक हुँदा ९ जनाको मृत्यु, ११ घाइते

देशान्तर

एजेन्सी । भारतको भारतको एक पसलमा ग्याँस लिक हुँदा ९ जनाको मृत्यु भएको छ भने सोही घटनामा ११ जना घाइते भएका छन् ।

भारतको पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले बताएको हो ।

अस्पताल भर्ना गरिएकाहरु बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको ३ सय मिटर क्षेत्रलाई घेरा हालेको छ ।

मेडिकल टिमसहित पुगेको सुरक्षाकर्मीको टोलीले मानिसहरुलाई उद्धार गरेको छ ।

कस्तो खालको ग्याँस चुहिएको हो भन्ने यकिन भइनसके पनि अमोनिया ग्याँस चुहिएको आशंका गरिएको छ ।