देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका बिद्यालयमा राजनीतिक गतिबिधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने

देशान्तर

काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्नेृ भएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न समेत वन्देज गरेको छ । त्यस्ता कार्यक्रमको अनुमति दिने प्रधानाध्यापकलाई बिभागिय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाले विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको  वताउनु भयो ।