सुनसरी । यातायात ब्यावस्था कार्यलय इटहरीमा छापा मार्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ करोड २१ लख २८ हजार भ्रष्टाचार भएको भन्दै कार्यलय प्रमुख सिहित आठजना बिरुद्ध मुद्धा दायर गरेको छ ।
लमो समय देखि संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गर्नु अगाडी नै आरोपी सबै कर्मचारी फरार भएका छन ।
उनीहरूमाथि २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको आरोप अख्तियारले लगाएको छ ।
‘यातायात कार्यालयले संकलन गरेको राजस्वको तुलनामा कम परिमाणमा रकम बैंक दाखिला गरेको भेटिएको र एउटैको नाममा पटक–पटक इन्ट्री गरेर रसिद निकाल्ने तर नगद भने बैंकमा नराखी बाँडेर अनियमितता गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७१ र ७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँ मात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ ।
आर्थिक वर्ष २०७२र७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको हो ।
आर्थिक वर्ष २०७३र७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।
अख्तियारले यातायात कार्यालय, इटहरीका प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
यस्तै लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
अख्तियारले लेखापालद्वय सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
प्रतिक्रिया