देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन–२ मा रविको जित पक्का

देशान्तर

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पछिल्लो मत परिणामअनुसार ५० हजार मत कटाउनु भएको छ ।

५० हजार १७८ मत ल्याउनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार ५ सय ९५ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ४० हजार ५ सय ८३ मत अन्तर रहेको छ ।

त्यस्तै, नेकपा ९एमाले० का उम्मेदवार रामप्रसाद न्यौपानेले ९ हजार ६४ मत प्राप्त गर्नुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी हुनु भएको थियो ।

उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको थियो ।