देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचन : चितवनमा लामिछाने र बारामा यादव अगाडि

देशान्तर

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उहाँले ४१ हजार ५ सय ४ मतसहित लिड गर्नु भएको छ । लामिछानेका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा लामिछानेले ३३ हजार ८ सय ९ मतले अगाडि हुनुहुन्छ। श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाउनुभएको छ । त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाउनुभएको छ।

यसैविच बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको अग्रता कायमै छ । यादवले अहिलेसम्म ९ हजार ८ सय ७० मत ल्याउनु भएको छ भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले ६ हजार ७ सय ७१ र एमालेका पुर्षोत्तम पौडेलले ३ हजार ७ सय मत ल्याउनु भएको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।

वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएको हो ।
तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको हो । वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याउनु भएको हो । वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याउनु भएको हो । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो ।