काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने उल्लेख गर्दै सुन आयातमा लाग्ने भन्सारदर समेत बढाउन सरकारसँग आग्रह गरेको छ ।
महालेखाले आफ्नो २० औं प्रतिवेदनमा छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने उल्लेख गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार २०७७÷७८ मा २७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार ९४४.५ किलोग्राम सुन आयात भएको थियो ।
उक्त परिणामको सुन आयात हुँदा ३ अर्ब ३५ करोड रुपैयाँ राजश्व उठेको थियो ।
यस्तै, २०७८–७९ मा ५ हजार ११३ किलोग्राम सुन ४२ अर्ब ७० करोड रुपैयाँमा आयात भएको थियो ।
यो वर्ष सुनको आयातबापत राज्यले ४ अर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो ।
नेपाल सरकारले सुनको आयातमा प्रतिग्राम ८५० अर्थात मूल्यको १० प्रतिशतको हाराहारीमा रहेको छ ।
यही विषयमा प्रश्न उठाउँदै महालेखाले नेपालमा हुने सुन खपत सम्बन्धमा पर्याप्त अध्ययन विश्लेषण समेत नभएको र सुन व्यवसायीले बैङ्कमार्फत् खरिद तथा अन्य माध्यमबाट खरिद बिक्री भएको सुनको अभिलेख नराखेकोले यसको उपयोगमा पारदर्शिता समेत नदेखिएको उल्लेख गरेको छ ।
सरकारले सुन आयातमा लाग्ने भन्सारदर समेत बढाउन माग गरेको छ ।
प्रतिक्रिया