देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा उडिरहेको विमानमा आगलागि, चरासँग ठोक्किएका कारण आगो लागेको हुनसक्ने अनुमान

देशान्तर

एजेन्सी । अमेरिकाको ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिरहेको एक विमानमा आज आगो लागेको छ ।

आज बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो ।

उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको थियो ।

विमानमा आगो लागेपछि चालकले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण गराएका छन् ।

सुरुमा विमानको इन्जिनमा आगो लागेको आशंका गरिएकोमा एयरलाइन्सले इन्जिनमा आगो लागेको नभई चरासँग ठोक्किएका कारण आगो लागेको जनाएको छ ।

विमानमा कति जना यात्रु थिए भन्ने खुलाइएको छैन । विमानमा आगो लागेपछि सोही विमानस्थलबाट अन्य उडानहरु अवरुद्ध भएका थिए ।

अमेरिकाको संघीय उड्डयन प्रशासनले घटनाको विस्तृत छानविन गर्ने जनाएको छ ।