देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ बुँदे सहमतिपछि चितवनको कमलकुसुमको अवरुद्ध मतदान फेरि सुरु

देशान्तर

काठमाडौँ । चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु भएको छ ।

दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु भएको हो। सर्वदलीय बैठकमा ४ बुँदे सहमति भएसँगै मतदान पुनः सुरु गरिएको हो ।

अहिले सो मतदान केन्द्र परपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएको थियो ।

दिउँसो ३ बजेसम्म चितवनमा ५१ प्रतिशत मत खसेको छ ।