देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमै पक्राउ परे खालिस्तानी नेता अमृतपाल सिंह

देशान्तर

काठमाडौं । अमृतपाल सिंह पक्राउ आज बिहान मोगाको रोद गाउँबाट पक्राउ परेका छन् ।

भारतको पञ्जाव प्रान्तलाई छुट्टै खालिस्तान राज्य बनाउने अभियानलाई पुनः उठाएर चर्चामा आएका सिंह पक्राउ परेका हुन् ।

उनका निकट सहयोगी जोगा सिंह र पप्पलप्रित सिंह फक्राउ परेको एक सातामै अमृतपाल पनि पक्राउ परेका हुन् । पक्राउ गर्नुअघि अमृतपाल गुरुद्वारामा प्रवचन दिइरहेका थिए ।

उनी आफ्ना समर्थकहरूको भीडसँग यहाँ आत्मसमर्पण गर्न चाहन्थे । उनलाई भटिण्डा एयरपोर्ट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ ।

अमृतपाल विरुद्ध एनएसए अन्तर्गत मुद्दा दर्ता गरिएको छ । अमृतपाल विगत ३६ दिनदेखि फरार थिए ।

उनले आफ्ना एक समर्थकको रिहाईका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै पनि आएका छन् ।

भारतीय प्रहरी स्रोतका अनुसार अमृतपाल सिंह १४ अप्रिलमा आत्मसमर्पण गर्न चाहन्थे ।