देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचारसंहिता विपरीत काम गरेको भन्दै आयोगले माग्यो मधेश प्रदेशका मुख्यमन्त्रीसँग स्पष्टीकरण

देशान्तर

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गरेको भन्दै स्पष्टीकरण मागेको छ ।

उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएपछि आयोगले कारणबारे स्पष्टीकरण मागेको हो ।

यादवलाई पचरौता जाँदा प्रयोग गरेको गाडी, सुरक्षा व्यवस्था सरकारो हो वा होइन ? भनेर पनि सोधेको आयोगले जनाएको छ ।

आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन मुख्यमन्त्री यादवलाई भनेको छ ।