देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिमित स्रोत र साधनको भरमा सरकारले चाहे जसरी काम गर्न सकेको छैनः गृहमन्त्री

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकि कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उहाँले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकि कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताउनु भएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भईरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
उहाँले सुशासन र जनमुखि कार्ययोजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने बताउनु भयो ।

सीमित स्रोत र साधनको भरमा काम गर्नुपर्ने भएकाले सरकारले चाहे जसरी काम गर्न सक्ने अवस्था नभएको पनि स्मरण गराउनु भयो ।

सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ पु¥याउने र उनीहरुलाई जागृत गराउने काममा लाग्न पनि पार्टी निकट सञ्चार क्षेत्रलाई पटकपटक आग्रह गर्नु भयो ।