देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस्नेतको संयोजकत्वमा उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना

देशान्तर

काठमाडौं । बैशाख १० गते हुने आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा सो सरहका अधिकृतहरू पनि छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने÷गराउने व्यवस्था प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो ।

तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।