काठमाडौं । नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कोदो खान आग्रह गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ ।
उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभएको हो ।
उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनुभयो ।
नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनुभयो ।
हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया